हिटपछि किन गुमनाम छिन् श्वेता खड्का ?

काठमाडौँ, कात्तिक २६ । पति श्रीकृष्ण श्रेष्ठको वियोगका कारण काहिनुरपछि नायिका श्वेता खड्काले लामो समय विश्राम लिइन्। उनी फिल्मबाट टाढा हुनेसम्मका हल्ला चले। फिल्मी कार्यक्रममा देख्न समेत मुस्किल हुन्थ्यो त्यतिबेला ।

तर, कुशल अभिनयबाट चिनिएकी श्वेता चार वर्षपछि कान्छीमा देखापरिन् ।

अभिनय मात्र होइन, यसको निर्माण पनि आफैँले गरिन्। नाम चलेका धेरै कलाकारका फिल्मको व्यापार खस्किरहेका बेला यो फिल्मले लोभलाग्दो व्यापार गर्यो।

त्यसैले अपेक्षा थियो, श्वेताले भटाभट फिल्म खेल्नेछिन्। तर, व्यापार र सामाजिक कार्यमा समेत सक्रिय स्वेताले फिल्मलाई प्राथमिकतामा नराखेको खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

कारण, कान्छी प्रदर्शन भएको सात महिना वित्यो, तर श्वेता अझै नयाँ फिल्ममा अनुबन्ध भएकी छैनन् ।

प्रकाशित मिति: सोमवार, कार्तिक २६, २०७५ /Monday, November 12th, 2018, 8:42 am