सरकारद्वारा नियम परिवर्तन,११ कक्षामा दुई विषयको ग्रेड वृद्धि परीक्षा दिन पाइने

भक्तपुर, कात्तिक २५ । सरकारले कक्षा ११ मा पनि ग्रेड वृद्धिको परीक्षा दिन पाउने ब्यबस्था लागू गरेको छ । उक्त नियम अनुसार अबदेखी कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन । यसअघि एउटा विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिने पाउने ब्यबस्था थियो । त्यसलाइ राष्ट्रिय परीक्षा बोर्डले एउटा मात्रै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान संशोधन गरेर सी या सोभन्दा तल्लो ग्रेड ल्याएका दुई विषयमा पुन: परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

सी, डी प्लस, डी वा ई ग्रेड प्राप्त गरेका विद्यार्थी कुनै पनि दुई विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन ।
कक्षा ११ को गत असोज २० मा प्रकाशित नतिजामा यस्तो ग्रेड प्राप्त गर्ने परीक्षार्थी पुसमा हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

मंसिरमा तोकिएको परीक्षा पुसमा सारेर बोर्डले दुई विषयमा ग्रेड वृद्धि गर्न पाउने मापदण्ड ल्याएको हो ।

विश्वविद्यालयहरूले स्नातक तहमा विद्यार्थी भर्ना लिन फरक/फरक मापदण्ड तोकेका छन्। विश्वविद्यालयको मापदण्ड विश्लेषण गरेर नयाँ प्रावधान ल्याइएको बोर्डले जनाएको छ।

प्रकाशित मिति: आइतवार, कार्तिक २५, २०७५ /Sunday, November 11th, 2018, 9:21 pm