कति घोषणा गर्यो स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश ?

काठमाडौं, कात्तिक २५ । स्ट्याण्डर्ड चार्टड बैंक गतआर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ । स्ट्याण्डर्ड बैंक लाभांश प्रस्ताव गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ। बैंकले आफ्ना सेयरधनीहरुलाई १७ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

बैकको कात्तिक २४ मा बसेको ३७६ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको उक्त नगद लाभांश दिने प्रस्ताब गरेको बैंकले एक सूचना मार्फत जानकारी गराएको छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत र आगामी बार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् । हाल चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

यस अघि सानिमा बैंक र एभरेष्ट बैंकले पनि लाभांश घोषणा गरिसकेका छन। दुवै बैंकले नगद लाभांश दिने निर्णय गरेका छन।

प्रकाशित मिति: आइतवार, कार्तिक २५, २०७५ /Sunday, November 11th, 2018, 9:02 am