चापागाउँमा ग्यास पड्किदा ६ लाख बराबरको क्षति

ललितपुर, कात्तिक २४ । ललितपुरको चापागाउँ स्थित कान्छी देशारको घरमा एक्कासी ग्यास बिस्फोट भएको छ । शनिबार दिउसो करिब २ बजे श्रीराम ग्याँस सिलिन्डर एक्कासी विस्फोट हुँदा ६ लाख बराबरको क्षति भएको महानगरिय प्रहरी बित्त चापागाउँका डिएसपी राजकुमार खिउजुले वताए । ।

डिएसपी खिउजुका अनुसार दुईवटा सिलिन्डर बिस्फोट भएको, घरमा रहेको ३ लाख नगद, सुनको बाला, सुनको सिक्री, लत्ता कपडा नष्ट भएको बताए । हेर्नुहोस केही तस्विर रबिन्द्र महर्जनको फेसबुक वालबाट साभार गरिएको ।

प्रकाशित मिति: शनिबार, कार्तिक २४, २०७५ /Saturday, November 10th, 2018, 6:10 pm