जुुवा खेल्न नदिएको भन्दै प्रहरीमाथि आक्रमण

दैलेख, २४ कात्तिक। कौडा खेल्न लागेको समूहलाई रोक्न खोज्दा दुल्लूमा गएराति प्रहरी टोलीमाथि आक्रमण भएको छ ।

त्यसक्रममा कौडा खेल्ने समूहले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट, प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइतेहरुको दुल्लू अस्पतालमा उपचार भइरहेको छ । प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर समेत गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, कार्तिक २४, २०७५ /Saturday, November 10th, 2018, 1:51 pm