पत्रकार आचार्यलाई पितृशोक

ललितपुर, कात्तिक २३ । दिगो दृष्टि प्रकाशन प्रा.लि.का अध्यक्ष गणेश बहादुर आचार्यलाई पितृशोक परेको छ ।

पत्रकार आचार्यका पिता हरि बहादुर आचार्यको ७५ वर्षको उमेरमा आफ्नै निवासमा विहीबार विहान ६ बजे मृत्यु भएको हो । लामो समयदेखि सुगर, प्रेसर रोगको उपचार गराउँदै आएका आचार्यको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोलमा बिहीबार विहान ६ बजे मृत्यू भएको उनका छोरा गणेश आचार्यले बताए । मृतक आचार्यका श्रीमती, दुईछोरा र दुई छोरी रहेका छन् ।

पत्रकार गणेश आचार्य दिगोसंचार डटकमका प्रकाशन तथा अध्यक्ष, पेस सोसाइटी नेपाल प्रदेश नं. ३ का उपाध्यक्ष, दिगो दृष्टि प्रकाशन प्रालिका अध्यक्षसमेत रहेका छन् । यसैबीच दिगोदृष्टि प्रकाशन प्रा.लि. तथा दैनिकीन्युज डटकमलेसमेत आचार्यप्रति शोक प्रकट गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २३, २०७५ /Friday, November 9th, 2018, 8:58 pm