धनगढी बसपार्कमा सहचालक मृत फेला, चार जना पक्राउ

धनगढी, कात्तिक २३ । धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिए ।
बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताए । उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २३, २०७५ /Friday, November 9th, 2018, 8:12 pm