बहिनीसँग भाईटीका लगाए पूर्वराजा ज्ञानेन्द्रले

काठमाडौं, कात्तिक २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् ।

भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि ९ बजेर ५१ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन्।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २३, २०७५ /Friday, November 9th, 2018, 11:25 am