प्रधानमन्त्री ओलीलाई भाइटीका कसले लगाइदिन्छ ?

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीबाट भाइटीका लगाउने भएका छन् । उनलाई टीका लगाउन दुई बहिनीहरु काठमाडौं आएका छन् । टीकाको शुभसाइतमा प्रधानमन्त्री ओलीले विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट सप्तरंगी टीका थाप्नेछन् ।

अस्वस्थ भएपछि पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गरेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा नै आराम गरिरहेका छन् । ओलीकी जेठी बहिनी विष्णुमाया चितवनबाट आएकी हुन् । माहिली बहिनी कमलादेवी कोइराला भने झापाको काकरभिट्टाबाट दाजु तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिन आएकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २३, २०७५ /Friday, November 9th, 2018, 8:52 am