दाजुभाइ, दिदीवहिनीबीच सौहार्दताको प्रतिक ‘भाइटीका’

काठमाडौं, कात्तिक २३ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि आज मुख्य दिन भाईटिका । विशेषगरी दाजुभाइ र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाइटीका लगाएर मनाउने दिन ।

तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै पनि मनाईएको छ । परम्पराअनुसार दिदिवहिनीहरुले दाजुभाइलाई पुजा गरी सप्तरंगी टिका लगाएर मिष्ठान्न भोजन गराई भाईटीका मनाईन्छ ।

यस्तै, दाजुभाईले पनि दिदी वहिनीलाई यसैगरी टिका लगाएर गच्छेअनुपार दक्षिणा तथा उपहार दिने र आपसी सौहार्द र खुसी साटेर भाइटीका मनाउने गरिन्छ ।

समयमै टिका लगाएको बताउनु हुने शान्त कार्की दिदी बहिनी र दाजुभाइका लागि दर्शैं भन्दा पनि महत्वपूर्ण चाड तिहार भएको बताउछन् । ‘टाढा गएका दाजुभाइ घरमा आउँछन्, दिदीवहिनीहरुको भेट हुन्छ, बर्षदिनभरीको सुखदुःख साट्ने दिन पनि तिहार हो,’ कार्की भन्छिन्, ‘दाजुभाइले दिदीवहिनी र दिदीवहिनीले दाजुभाइलाई टिका लगाएर पुज्ने दिन भएकाले भाइटिकाको महत्व ठुलो छ ।’ आज टिकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाईदिन्छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ ।

तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २३, २०७५ /Friday, November 9th, 2018, 6:49 am