भाटभटेनीले अखाद्य दुग्ध पदार्थ बेच्ने गरेको खुलासा, विक्रीमा प्रतिबन्ध

काठमाडौ, कात्तिक २२ । काठमाडौ देखि देशमा प्रमुख शहरहरुमा सपिङका लागि सबैभन्दा रोजाइमा परेको भाटभटेनी सुपर स्टोरले अखाद्य बस्तु बेच्ने गरेको भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ। विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ।

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित मिति: बिहिबार, कार्तिक २२, २०७५ /Thursday, November 8th, 2018, 9:33 am