हेटौंडा प्रदेश ३ को राजधानी !

हेटौंडा, कात्तिक २१ ।
उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ ।

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटौडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई स्थायी राजधानी बनाउनुपर्ने बताएका छन । उनले हरेक हिसाबले उपयुक्त रहेको बताए ।

प्रकाशित मिति: बुधबार, कार्तिक २१, २०७५ /Wednesday, November 7th, 2018, 10:21 pm