वैदेशिक रोजगारीमा गएकाहरुको रोजाईमा सेयर बजार

बुटवल, कात्तिक २१ । रुपन्देही लगायतका जिल्लाभरबाट
वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर बजारमा आकर्षित भएर लगानी गर्ने क्रम ह्वात्तै बढेको छ ।
खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् ५० हजारदेखि पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् ।
पूँजी बजार अनलाइन प्रणालीमा गएपछि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका लगानीकर्ता खुशी हुदै सबैभन्दा बढी लगानी कोरिया जानेहरुले गरेका छन । अघिल्लो साता सो कार्यालयबाट कूल रु ६० लाख बराबरको कारोवार भएको छ ।

दुवही, साउदी अरब र कोरियाबाट समेत शेयर खरीद तथा बिक्रीका लागि आउने गरेको उल्लेख गर्दै रुपन्देही, पाल्पा र गुल्मीका वैदेशिक रोजगारीमा गएका श्रमिक शेयर बजारप्रति आकर्षित भएका छन ।
कार्यालयबाट कूल रु एक करोड २६ लाख १३ हजार ३८० बराबरको कारोवार भएको थियो ।

लगानीकर्ताको बैंकसम्बन्धी शेयर सबैभन्दा बढी रोजाइमा परेको छ ।

शेयर बजार अनलाइन प्रणालीमा गएपछि बुटवलका लगानीकर्ता खुशी देखिएका छन् । उनीहरुले अनलाइन प्रणालीमा गएपछि बजार बढ्ने विश्वास व्यक्त गर्दै प्रविधिलाई सहज र सरल बनाउन जोड दिएका छन् ।

पछिल्लो चरण रुपन्देहीबाट डेढ करोड भन्दा बढी सेयरमा लगानी भएको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक २१, २०७५ /Wednesday, November 7th, 2018, 3:31 pm