काङ्ग्रेसले छठपछी सरकार विरुद्ध आन्दोलन गर्ने

धनुषा, कात्तिक २१ ।
नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर नदेखिएको बताएका छन ।

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा खाँडले सरकार संविधान विरोधी क्रियाकलापमा लागेकाले सो को विरूद्धमा काग्रेसले छठपर्वपछि संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उनको भनाइ थियो ।
उनले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको आरोप लगाए ।

प्रकाशित मिति: बुधबार, कार्तिक २१, २०७५ /Wednesday, November 7th, 2018, 2:58 pm