गाई पुजा गरेको तस्वीर राखेर अध्यक्ष थापाले यस्तो लेखे

काठमाडौ, कात्तिक २१ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लक्ष्मी पुजाको दिन गाई (लक्ष्मी) पुजा गरेको तस्बिर ट्विट गरेका छन । बुधबार तिहारको तेस्रो दिन लक्ष्मी पुजा हो । लक्ष्मी पुजाको दिन लक्ष्मीको प्रतिकका रुपमा गाईलाई पुजा गर्ने चलन छ । सोही अनुसार प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले गाई पुजा गरेको तस्बिर ट्विट गरेका हुन ।
पछिल्लो दिन हिन्दु धर्म हुनुपर्ने माग राख्दै आइरहेका थापाले गरेको पछिल्लो ट्विटलाई हिन्दु धर्म सङ्ग जोडेर हेर्ने पनि छन यद्यपि थापाले त्यस्तो केही लेखेका छैनन ।


प्रकाशित मिति: बुधबार, कार्तिक २१, २०७५ /Wednesday, November 7th, 2018, 2:29 pm