सिलवालले राखेको चियापानले नेकपाभित्रै हङ्गामा

ललितपुर, कात्तिक २१ । ललितपुरका एकजना सांसदले राखेको चियापानको उनकै पार्टीभित्रै बिरोध भएको छ ।

ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालले राखेको दशै, तिहार, छठ लगायतको पर्वहरुको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बिरोधमा परेको हो ।

गएको शनिबार सांसद सिलवालले राखेको उक्त चियापानमा पार्टीको विधि र प्रक्रिया मिचिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका हुन । खासगरी सिलवालले पार्टीको अनुमती बिना चियापान राखेपछि पार्टीभित्रका कतिपय नेताले असन्तुष्ट जनाएका हुन । यसको भित्र- भित्रै असन्तुष्टि जनाएपनि खुलेर बाहिर भने कसैले विरोध गरेका छैनन ।

त्यसअघि नेकपा अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथी बनाएर नेकपा ललितपुरले दसैं अघि नै चियापान राखेको थियो तर सांसद सिलवाल एक्लैले चियापान राखेर पार्टीमा प्रतिस्पर्धा गर्न खोजेको देखिएको एकथरीले टिप्पणी गरेका छन । ललितपुरको तीनवटा निर्वाचन क्षेत्रमा नेकपा नेताहरु बिजय भएका छन अन्य कुनै सांसदहरुले नराखेको चियापान सिलवाल एक्लैले राख्नुको कारण के हो ? अहिले नेकपा ललितपुर भित्र यस बिषयको खोजी भइरहेको छ ।

जिल्लाको एक उच्च नेताका अनुसार सिलवालले राखेको चियापान प्रती ललितपुरका प्रदेश सांसद चेतनाथ सन्जेलले समेत असन्तुष्टि जनाएका छन । सन्जेलले यस बारेमा पार्टीमा छलफल हुनुपर्ने बताएको स्रोतको भनाइ छ । सामाजिक संजालमा सार्वजनिक भएका तस्बिर र चियापानमा सहभागीहरुको कुरालाइ आधार मान्ने हो भने सिलवालले राखेको चियापानमा नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठ पनि पुगेका छन । यस्तै रुक्मांगद कटुवाल पनि पुगेका छन । जिल्लाका अन्य सांसदहरुसङ्ग परामर्श नगरी उनी एक्लैले चियापान राख्नु, पार्टी भित्र छ्लफल नगर्नु, पार्टीले राखिसकेपछि सिलवालले छुट्टै चियापान राख्न खोज्नुको कारणबारे अहिले नेकपा ललितपुरमा बहस भैरहेको छ ।

चियापानमा बोलाइएका हरु बारे समेत पार्टी भित्र कुनै सल्लाह नभएको स्रोतको भनाइ छ । “केन्द्रमा माओवादी केन्द्र र एमाले बिचमा एकता भएपनी जिल्लामा अझै एकता टुङ्गो लागेको छैन, यस्तो अबस्थामा पार्टीले कार्यक्रम राखेपछी एक्लै किन राखिएको हो हामीले बुझेका छैनौ, पार्टीमा गम्भीर छलफल गर्नुपर्छ” असन्तुष्ट नेताको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

सिलवाल नेकपाको कुनै जिम्मेवारीमा छैनन !
जिल्लाको प्रभावशाली स्रोतका अनुसार नवराज सिलवाल नेकपाको कुनै तहमा रहेका छैनन । उनको नाम प्रदेश नम्बर तीनका लागि सिफारिस गरिएको छ तर त्यो निर्णय भैसकेको छैन यस्तो अबस्थामा पार्टीबाट टिकट पाएर चुनाव जितेपनी उनी आधिकारिक नेकपाका कुनै जिम्मेवारीमा छैनन् सोही कारण पार्टीको विधि र प्रक्रिया नमानेको हुन कि !

सिलवालको चियापानमा जिल्लाबाट इन्चार्ज, अध्यक्ष लगायत पुगेका थिए तर त्यहा बाध्यताले पुग्नु परेको उनिहरुले बताएका छन । कि सबै सांसदहरु मिलेर चियापान राखेको भए हुन्थ्यो एक्लै त्यो पनि पार्टीकै सल्लाह नलिइ किन उनले राखे त्यो बारेमा तत्काल समिक्षा बैठक बोलाउनुपर्ने केही नेताले माग गरेका छन ।

प्रकाशित मिति: बुधबार, कार्तिक २१, २०७५ /Wednesday, November 7th, 2018, 11:33 am