मंगलबार दुई कम्पनीले प्रस्ताव गर्यो लाभांश

काठमाडौं, कात्तिक २० । मंगलबार दुई कम्पनीले लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सृजना फाइनान्स र सिभिल लघुवित्त वित्तीइ संस्था हुन ।

सिभिल लघुवित्तले गतआर्थिक वर्षको कमाईबाट लाभांश दिने घोषणा गरेको छ । लघुवित्त कम्पनीले यो बर्ष सेयरधनीलाई नगद लाभांश र बोनस शेयर दिने प्रस्ताव गरेको हो । लघुवित्तले ७ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको १२२ औं बैठकले हाल कायम चुक्ता पुँजीको बोनस शेयर ४ प्रतिशत, नगद लाभांश ३।५ प्रतिशत प्रस्ताव गरेको छ ।

सृजना फाइनान्स गत आर्थिक वर्षको कमाईबाट लाभांश दिने घोषणा गरेको छ । फाइनान्स कम्पनीले यो बर्ष सेयरधनीलाई नगद लाभांश र बोनस शेयर दिने प्रस्ताव गरेको हो । फाइनान्सले २४ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ता गरेको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समितिको १९३ औं बैठकले हाल कायम चुक्ता पुँजीको बोनस शेयर १५ प्रतिशत, नगद लाभांश ९।५ प्रतिशत प्रस्ताव गरेको छ ।

दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्विकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ /Tuesday, November 6th, 2018, 5:03 pm