पिपिएलको उपाधि पोखरा पल्टनलाई

काठमाडौं, कात्तिक २० । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।

पोखराले चितवनलाई ३ विकेटले पराजित गर्दै २७ लाख पुरस्कार जित्न सफल भएको छ । चितवन भने उपविजेता भन्दै १० लाख रुपैयाँ चित्त बुझाउनु परेको छ । शरद भेषवाकर नेतृत्व रहेको पोखराले टस जितेर बलिङ रोजेको थियो ।

ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १६० रन बनाएको थियो । उसका लागि कप्तान खड्काले सर्वाधिक ५१ रन बनाए । यस्तै, शनि पटेलले ४१, अनिलकुमार शाहले ३७, हरिशंकर शाह ८, करण केसी शून्य रनमा आउट भए । आरिफ शेख १४ रनमा अविजीत रहे ।

१६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको पोखराले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । पोखरालाई उपाधि दिलाउन रबि इन्दर सिंहले अर्धशतकीय इनिङस खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० जोडे । कप्तान शरद भेषवाकर २२, मोहम्मद नाविद २५, आसिफ शेख १२, कुशल भुर्तेल ४, कृष्ण कार्की र रोहितकुमार पौडेल शून्य रनमा आउट भए । विनोद भण्डारी ५० र राशिद खान ९ रनमा नट आउट रहे ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो । विजेता खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, सांसद तथा कांग्रेसका युवा नेता गगन थापा, भरतपुर नगरपालिकाका मेयर रेणु दाहाल लगायतले पुरस्कृत गरे ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ /Tuesday, November 6th, 2018, 4:53 pm