सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं, कात्तिक २० । मंगलबारको सेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि उकालो लागेको बजार अन्तमा १० दशमलव ७९ अंकले बढेर १२१८ दशमलव ०७ अंकमा पुगेको छ । बजारमा कुल १५५ कम्पनीको २४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन ३ हजा ५३ वटा कारोबार भई ८ लाख २२ हजार २०७ कित्ता शेयरको किनबेच भएको छ । यसदिन समग्र बजार पूँजीकरण १४ खर्ब ५४ अर्बमा उक्लिएको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बीमा ५७ दशमलव ०२, उत्पादन ०७, अन्य ३ दशमलव १५, माइक्रोफाइनान्स १५ दशमलव ३७ र जीवन बीमा ६५ दशमलव ३३ बिन्दुले बढेको छ ।

सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ४ करोड २८ लाख रुपैयाँ बराबराको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको छ ।

दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ /Tuesday, November 6th, 2018, 4:40 pm