सिभिल लघुवित्तको डबल अफर, कति दिन भयो बोनस र नगद लाभांश?

काठमाडौँ, कात्तिक २० । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गतआर्थिक वर्षको कमाईबाट लाभांश दिने घोषणा गरेको छ । लघुवित्त कम्पनीले यो बर्ष सेयरधनीलाई नगद लाभांश र बोनस शेयर दिने प्रस्ताव गरेको हो । लघुवित्तले ७ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको १२२ औं बैठकले हाल कायम चुक्ता पुँजीको बोनस शेयर ४ प्रतिशत, नगद लाभांश ३.५ प्रतिशत प्रस्ताव गरेको छ । लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्विकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ /Tuesday, November 6th, 2018, 11:29 am