सृजना फाइनान्सको डबल अफर, कति दिन भयो लाभांश?

काठमाडौँ, कात्तिक २० । सृजना फाइनान्स्ले गत आर्थिक वर्षको कमाईबाट लाभांश दिने घोषणा गरेको छ । फाइनान्स कम्पनीले यो बर्ष सेयरधनीलाई नगद लाभांश र बोनस शेयर दिने प्रस्ताव गरेको हो । फाइनान्सले २४ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ता गरेको छ ।

फाइनान्सको सोमबार बसेको सञ्चालक समितिको १९३ औं बैठकले हाल कायम चुक्ता पुँजीको बोनस शेयर १५ प्रतिशत, नगद लाभांश ९.५ प्रतिशत प्रस्ताव गरेको छ । फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंको स्विकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ /Tuesday, November 6th, 2018, 11:14 am