लाइफ इन्स्योरेन्स कर्पोरेसनको बदमासीले लगानीकर्ता ठगिए

काठमाडौं, कात्तिक २० । झुटो विवरण पेस गरेर नियमक निकाय र सर्वसाधारणलाई झुक्याउने लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेडको प्रयास असफल भएको छ। बीमा समितिले कम्पनीको बदमासी फेला पारेपछि कम्पनीकोे प्रयास असफल भएको हो।

भारतीय लगानीसमेत रहेको सो कम्पनीले बीमा समितिमा बुझाएको गत आर्थिक वर्षको वित्तीय विवरणमा गल्ती भेटिएपछि समितिले वित्तीय विवरण पुनः पेस गर्न निर्देशन दिएको थियो। नयाँ वित्तीय विवरणबाट कम्पनीको नाफा ह्वात्तै घटेको मात्रै छैन, चुक्तापुँजी वृद्धिका निम्ति ३६ प्रतिशत बोनस शेयर दिने कम्पनीको पूर्वनिर्णय पनि उल्टिएर १२ प्रतिशतमा सीमित भएको छ।

यसबाट नाफा बढी देखाएर कम्पनीको चुक्तापुँजी बढाउन आफ्नो क्षमताभन्दा बढी बोनस शेयर दिने कम्पनीले असफल प्रयास गरेको स्पष्ट भएको छ। कम्पनीले झुटो विवरण सार्वजनिक गर्दा उच्च लाभांश पाउने आशामा रहेका धितोपत्रको दोस्रो बजारका लगानीकर्ता भने ठगिएका छन्। नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ /Tuesday, November 6th, 2018, 10:19 am