ललितपुर महानगरले ‘ए’ ‘वि’ र ‘सि’ डिभिजनका क्लबलाई गर्यो आर्थिक सहयोग

केशव घिमिरे/ललितपुर, कात्तिक १७ । ललितपुर महानगरपालिकाले महानगर भित्रका ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको छ ।

आज शनिबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमका विच ‘ए’ डिभिजन क्लबलाई ४ लाख, ‘बि’ डिभिजन क्लबलाई ३ लाख र ‘सि’ डिभिजन क्लबलाई २ लाख रुपैयाको चेक महानगर प्रमुख चिरिबाबु महर्जनले हस्तान्तरण गरेका हुन् ।

ललितपुर महानगरभित्र रहेका पाँच वटा ‘ए’ डिभिजन क्लबहरु फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध उपलब्ध गराएको हो।

महानगरले ‘बी’ डिभिजनका क्लब सातदोबाटो युथ क्लव, पुल्चोक स्पोर्टस् क्लव, खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लवलाई तीन लाख रकम हस्तारन्तरण गरेको छ।

त्यसैगरी नगरप्रमुख चिरीबाबु महर्जनले ‘सी’ डिभिजन क्लबहरु खालीबारी युथ क्लव र सानेपा क्लवलाई पनि प्रति क्लब दुई लाख प्रदान गरे ।

यसका अतिरिक्त महानगरपालिकाले सर्वाधिक गोल्ड मेडल हासिल गर्न सफल थ्री स्टार युथ क्लवलाई २८ लाख सहित बिशेष सम्मान गरेको थियो ।

नगरप्रमुख चिरीबाबु महर्जन खेल जगतलाई आफूले सम्मान गर्ने र पछि पनि सहयोग गर्न तयार रहेको बताए ।

लतितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले २९ वटा वडामा २०० वडा भन्दा बढी क्लव र जिल्लामा ३० वटा भन्दा बढि खेलकुद संघहरु रहेको उल्लेख गदै महानगरले खेलकुद क्षेत्रलाई मात्रै नभई अरु खेल क्षेत्रका खेलाडीहरुलाई पनि समेट्नु पर्ने बताए ।

प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०७५ /Saturday, November 3rd, 2018, 2:20 pm