बिहिबार पनि घट्यो नेप्से, कारोबार भने २४ करोड माथि

काठमाडौँ, कात्तिक १५ । साताको पाँचौ दिन बिहिबार नेप्से सूचक शुन्य दशमलव ४८ अंकले घटेर १२२० दशमलव ९८ को बिन्दुमा पुगेको छ ।

नेप्से घटे पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार कारोबारमा आएका १ सय ६४ कम्पनीका ६ लाख ८६ हजार १ सय १५ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ७५ लाख ९९ हजार १ सय ९० रुपैयाँको कारोबार भएको थियो भने बिहिबार १ सय ६० कम्पनीका ७ लाख ८२ हजार २९ कित्ता शेयर किनबेच हुँदा २४ करोड ६७ लाख ३० हजार ३ सय ६४ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन बैंकिंग समूह, जलविद्युत समूह, उत्पादक तथा प्रशोधन र अन्य समूहहरु घटेका छन् भने बाँकी समूहहरु बढेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको छ । जसको आज २ करोड ६० लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यस बैंकले आज मात्र नगद लाभांश दिने घोषण गरेको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ९४ प्रतिशतले बढेको छ । ३ प्रतिशतभन्दा माथि कमाउने ४ वटा कम्पनीहरु रहेका छन् । साथै सर्वाधिक गुमाउनेमा अपी पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ६२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १५, २०७५ /Thursday, November 1st, 2018, 3:55 pm