बुधबार घट्यो नेप्से यस्तो रह्यो कारोबार

काठमाडौँ, कात्तिक १४ । साताको चौथो दिन बुधबार नेप्से सूचक २ दशमलव ९० अंकले घटेर १२२१ दशमलव ४६ को बिन्दुमा पुगेको छ ।

नेप्से संगै बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार कारोबारमा आएका १ सय ६४ कम्पनीका ६ लाख ८६ हजार १ सय १५ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ७५ लाख ९९ हजार १ सय ९० रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मंगलबार कारोबारमा आएका १ सय ६३ कम्पनीका ९ लाख २४ हजार ६ सय ६५ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका समूह मध्ये ३ समूहहरु( निर्जिबन बिमा, उत्पादन र अन्य समूह) बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । जसको आज ९० लाख २१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९० प्रतिशतले बढेको छ ।

त्यस्तै सर्वाधिक गुमाउनेमा छयाङदि हाइडोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ३४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५ /Wednesday, October 31st, 2018, 3:21 pm