नयाँ शक्ति पार्टीले सरकार विरुद्ध सडक चर्काउने

काठमाडौ, कात्तिक १४ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार लोकतन्त्र विरुद्ध कृयाशिल रहेको आरोप लगाएका छन । बुधबारदेखि सुरु पार्टीको १५ औं संघीय बैठकलाइ सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रका मूल्यमान्यता विपरीतका गतिविधिमा सरकार संलग्न रहेकोे भन्दै त्यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भ्रष्टाचार एवं महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने बताए ।

भट्टराईले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी गरे ।
भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरेका छन ।
२ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्ने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ।

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५ /Wednesday, October 31st, 2018, 3:02 pm