प्रधानमन्त्री ओलीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने मानन्धर पक्राउ

काठमाडौं, कात्तिक १३ । प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको भन्दै पाथिभरा अनलाइन डटकमका सम्पादक हरिप्रसाद मानन्धरलाई पक्राउ गरिएको हो।

उनलाई विद्युतीय अपराध तथा कसुर अन्तरगत कारबाही सुरु गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १३, २०७५ /Tuesday, October 30th, 2018, 7:50 pm