नेप्सेमा छायो हरियाली, यस्ता छन कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं, कात्तिक १३ । साताको तेस्रो दिन मंगलबार नेप्से सूचक ७ दशमलव ४३ अंकले बढेर १२२४ दशमलव ३६ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ६३ कम्पनीका ९ लाख २४ हजार ६ सय ६५ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको छ ।

आज कारोवार भएका दश उपसमूह मध्ये ३ उपसमूहको शेयर भने घटेको छ भने ७ उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १२ दशमलब ८२, जलविद्युत् ५ दशमलब ४ र माइक्रोफाइनान्स एक बिन्दुले घटेको छ । यस्तै बैंकिङ ९ दशमलब १२, विकास बैंक १० दशमलब २१, वित्त शुन्य दशमलब ३९, निर्जीवन बीमा २२ दशमलब ९९, उत्पादन १३ दशमलब शुन्य ३, अन्य ५ दशमलब १३ र जीवन बीमा २३ दशमलब ६७ बिन्दुले बढेको छ ।

आज प्रभु बैंकको सर्बाधिक १ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा लाइफ इन्स्योरेन्स कम्पनी, मेगा बैंक, एनएमबि बैंक , जनता बैंक, एनआईसी एसिया लगायत रहेका छन् । आज सर्बाधिक कारोबार हुने १० कम्पनी मध्ये ८ वटा बाणिज्य बैंक रहेका छन् ।

आज नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९ दशमलव ८९ प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ७७८ रुपैयाँ पुगेको छ । अन्य बढी कमाउनेमा नेपाल हाइड्रो डेभलपर, मिसन डेभलपमेन्ट बैंक, तारागाउँ रेजेन्सी होटेल, हिमालयन डिस्टिलरी लगायत रहेका छन् ।

त्यसैगरी आज अपि पावरका लगानीकर्ताले सर्बाधिक ४ दशमलव ७३ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा रिडी हाइड्रो, हाथवे फाइनान्स, हिमालय पावर पार्टनर, खानी खोला हाइड्रो लगायत रहेका छन् ।

 

 

प्रकाशित मिति: मङ्लबार, कार्तिक १३, २०७५ /Tuesday, October 30th, 2018, 3:40 pm