यसरी गरियो पूर्वखेलाडी कर्माचार्यको श्रद्धाञ्जली कार्यक्रम

ललितपुर, कात्तिक १३ । राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेल जगतका प्रख्यात पुर्ब सितोरियो खेलाडी तथा प्रशिक्षक विदुर कर्माचार्यको १३ औं दिनको पुण्यतिथिको अवसर गोदावरीमा आज एक कार्यक्रम आयोजना गरियो । उनको श्रद्धाञ्जली कार्यक्रममा खेल जगतका प्रख्यात पात्रहरु उपस्थिति थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल कराते महासंघका अध्यक्ष दाबा गुरुङ पनि त्यहा सरिक थिए । करातेबाट संसारमा नेपाललाई चिनाउन सक्ने खेलाडी गुमाएको प्रति उनले चिन्ता व्यक्त गरे । ‘एउटा शसक्त खेलाडी हामीले गुमाएका छौ,’ उनने भने, त्यस्ता खेलाडी सदा सर्बदा स्मरणमा रहनेछन् ।

कार्यक्रममा अर्का खेल हस्ती तथा नेता मिनकृष्ण महर्जन पनि सहभागी थिए । उनले खेलाडी बिदुर कर्माचार्यको कामलाई देशले मात्रै नभई विश्वले पनि चिनेको बताए । खेल क्षेत्रका उनी गहना हुन, हामीले चाहेर पनि उनलाई बचाउन सकेनौ’, उनले भने ।

त्यसैगरी राष्ट्रय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा आठौं, नवौं सागका स्वर्ण विजेता दिपक श्रेष्ठले आफूलाई बाल्यकालमा कराते सिकाएको स्मरण गरे ।

श्रदाञ्जली कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, सागका स्वर्ण विजेता नविन महर्जन, राष्ट्रिय खेलाडीहरु विशालमान श्रेष्ठ, सागर श्रेष्ठ, विक्रम बहादुर श्रेष्ठ, दयाराम महर्जनलगायत विभिन्न तह र तप्काका ब्यक्तिहरु सहभागी थिए । सहभागी सवैले खेलाडीले कर्माचार्यको योगदानलाई सम्झिए ।

कर्मचार्यको कात्तिक १ गते ब्रेन ट्युमरका कारण ४३ वर्षको अल्पायूमा नै निधन भएको थियो । उनको एक श्रीमती र दुई छोराहरु छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १३, २०७५ /Tuesday, October 30th, 2018, 1:22 pm