यस्तो छ प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था

काठमाडौ, कात्तिक १३ । दुई दिनदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ्य अबस्थामा सुधार आएको उपचारमा सङ्लग्न चिकित्सकले बताएका छ्न ।
सोमबार साझ स्थिर भनिएको प्रधानमन्त्रीको मङ्गलबार बिहानैदेखि स्वास्थ्यमा क्रमिक सुधार देखिएको हो । अस्पतालले बिज्ञप्ति जारी गरेको छ, जसमा पनि स्वास्थ्यमा सुधार आएको उल्लेख छ । अस्पताल भर्ना गरिएसङ्गै अस्पतालले प्रधानमन्त्रीको हेल्थ अप्डेट दिदै आएको छ । सोमबार उनको स्वास्थ्यमा चिनीको मात्रा बढि देखिएको थियो भने छातीमा सङ्क्रमण भएको बताइएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान चार बजे त्रिवि शिक्षण अस्पतालको एमसिसियु युनिटमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीमा सोमबार भन्दा मंगलबार बिहान स्वास्थ्यमा सुधार भएको देखिएको उनका निजी चिकित्सक डा. दिब्या सिहले जानकारी दिइन ।

ओलीलाइ अहिले बोल्न अप्ठेरो नभएको डाक्टर सिहले बताइन ।
उनका सहयोगीका अनुसार मङ्गलबार बिहान ओलिले झोलिलो पदार्थ खाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १३, २०७५ /Tuesday, October 30th, 2018, 10:44 am