समुदाय प्रहरी साझेदारी कार्यक्रम ललितपुरमा पनि सुरु (फोटोफिचरसहित)

ललितपुर, कात्तिक ११ । हर प्रहर गाँउ नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम आइतबारदेखि सुरु गरेको छ । महानगरिय प्रहरी परिषद ललितपुरद्वारा गोदावरीमा आईतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक उद्घाटन हो । गृह मन्त्रालयको केन्द्रीय कार्यक्रम अनुसार ललितपुरले पनि हरेक स्थानीय तहसँग सहकार्य गर्दै अभियान संचालन गर्ने बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले व्यानर पढेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै समाजमा अधिकांश घटनाहरु लुकेर रहेको हुँदा प्रहरीको अपराध अनुसन्धानमा स्थानीयको सहयोगी हुनुपर्ने प्रमुख महर्जनले बताए । प्रहरीको यो अभियानलाई स्थानीय तहले भरपुर सहयोग गर्ने गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बताइन । प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यक्रममा उपमेयर अधिकारी र वडाअध्यक्ष सुदर्शन कुमार विष्टले ऐक्येवद्धता जनाएका थिए ।

महानगरिय प्रहरी परिषद ललितपुरका एसएसपी रविन्द्र बहादुर धानुकले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधकारण माथि प्रकाश पारेका थिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम हरेक पालिकाहरु, वडाहरु, टोल तथा बिभिन्न बिद्यालयस्तरसम्म पुग्ने प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । आम नागरिक सामाजिक सञ्जाल मार्फत आफू हिड्ने ठाउँको बारेमा जानकारी दिदा केही अप्रिय घटना हुन सक्ने भन्दे सजग रहनसमेत आग्रह गरे ।

नेपाल प्रहरीले जनतासँग सहकार्य गर्नका लागी धेरै अभियानहरु संचालन गरेको छ । मुस्कान सहितको सेवा, प्रहरी हाम्रो साथी लगाएतका अभियानसँगै यस पटक सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले पनि सार्थकता पाउनेमा स्थानीयको बिश्वास छ ।

कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, स्थानीय समाजसेवी, बुद्धिजिवी, बिभिन्न संघ र संस्थाका प्रतिनिधी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतवार, कार्तिक ११, २०७५ /Sunday, October 28th, 2018, 7:56 pm