समुदाय–प्रहरी साझेदारी अभियान सुरु, गृहमन्त्री थापाले गरे शुभारम्भ ( फोटोफिचर )

काठमाडौं, कात्तिक ११ । नेपाल प्रहरीले आजदेखि समुदाय–प्रहरी साझेदारी अभियान सुरु गरेको छ ।

काठमाडौंको भृकृटिमण्डपमा आयोजित एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापाले अभियानको सुभारम्भ गरे ।
आजैदेखि विभिन्न जिल्लाहरुमा पनि एकैसाथ अभियानको थालनी गरिएको छ ।

स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालय तहमा प्रहरीले आफ्नो गतिविधि सक्रिय पार्ने उद्धेश्यका साथ मुलुकभर एकै साथ अभियान सुरु गरिएको हो ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि भन्दै सुरु साझेदारीमा प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको सहकार्यमा जोड दिएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक ११, २०७५ /Sunday, October 28th, 2018, 12:52 pm