सडक दुर्घटनामा डिआइजी भण्डारीसहित ३ जनाको मृत्यु

काभ्रे, कात्तिक १० । सडक दुर्घटनामा परी बहालवाला डिआइजी सुशील भण्डारी सहित ३ जनाको मृत्यु भएको छ ।

काभ्रेमा भएको सवारी दुर्घटना पश्चात घाइते भएका भण्डारीलाई उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको थियो ।

डिआइजी भण्डारीको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीसहित मन्डन देउपुर नगरपालिका ४ का पत्रकार जीवन पराजुली, नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको पनि घटनास्थलमै निधन भएको छ । पराजुली रेडियो गौरवमा कार्यरत थिए भने कार्की ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक हुन् ।

अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बा ३ प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए ।

प्रकाशित मिति: शनिबार, कार्तिक १०, २०७५ /Saturday, October 27th, 2018, 6:59 pm