प्रधानमन्त्रीलाइ के भयो ! चियापानमा किन आउन सकेनन्

काठमाडौ, कात्तिक १० ।

आफैंले आयोजना गरेको शुभकामना तथा चियापान समारोहमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि ओलि भने उपस्थित हुन सकेनन ।

ओलिको सचिवालयका अनुसार उनी बिरामी भएका कारण भृकुटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा सहभागी हुन नसकेका हुन । शनिबारदेखि
प्रधानमन्त्री ओलीलाई रुघाखोकी र ज्वरो आएको छ । भीडमा जादा झन असर गर्ने भएकोले ओलि आराम गरेर बसेका छन ।

नेकपाले विजयादशमी, दीपावली,नेपाल सम्बत् र छठका अवसरमा राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रम आयोजना गरेको छ ।

अहिले अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै अन्य वरिष्ठ नेताले अतिथिलाई स्वागत गरेका थिए ।  चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि चियापान समारोहमा उपस्थित भए तर नयाँ शक्ति पार्टीका सम्योजक डाक्टर बाबुराम भट्टराईले भने बहिष्कार गरे ।

प्रकाशित मिति: शनिबार, कार्तिक १०, २०७५ /Saturday, October 27th, 2018, 6:07 pm