हजुरबा–हजुरआमाको बिहे, बुहारीले भित्र्याउँछन् बेहुली सासु

काठमाडौं, कात्तिक ८ । हजुरबुबा बेहुला, हजुरआमा बेहुली। अनि छोरानाती जन्ती। बुहारीहरु सासूलाई बेहुली बनाएर भित्र्याउँछन्। छोराहरु बुबालाई दुलाहाको पोसाक लगाइदिन्छन्। कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै।

सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो। युगौंदेखिको परम्परा। मगर समुदायमा भागी विवाह गर्ने चलन छ। करिब ९० प्रतिशतले भगाएकै खबर कान्तिपुर दैनिकमा छ हुन्छन्। त्यसैलाई औपचारिकता दिने उनीहरु समय मिलाएर समाजलाई साक्षी राखी धुमधाम बिहे गर्छन्। भागेर आएका जोडीले जति बुढो भए पनि औपचारिक विवाह नगरी सामाजिक मान्यता पाउँदैनन्।

‘अरुको के कुरा, मैले ३ जना छोरा लाठे भएपछि गतबर्ष बल्ल बिहे गरें,’ स्थानीय शिक्षक निलबहादुर मगरले भने, ‘हाम्रो चलन नै यस्तै छ।’ अर्का स्थानीय पूर्ण बहादुर मगरले ७० बर्ष कटेपछि बल्ल बिहे गरे। त्यतिबेला उनका नातिनातिना नै जवान भइसकेका थिए। बिहे गरेको केही समयमै उनको मृत्यु भयो।

भागेर जाने चेलीलाई माइतीले सहजै नस्विकार्ने भएकाले विवाह गर्न ढिलाइ हुने गरेको हो। माइतीको सहमति पर्खदासम्म उनीहरुको उमेर छिप्पिसकेको हुन्छ।

छोराछोरीका आमाहरु बेहुली बनेर श्रीमान् र जन्ती साथै लागि माइत जान्छन् । बेहुलीको माइती पक्षलाई श्रीमान देखाउँदै दुलाहा स्विकार्न अनुरोध गर्छिन्। माइती पक्षले दुलाहा स्वीकार्दा ठेकी समाउन दिने चलन छ।

प्रकाशित मिति: बिहिबार, कार्तिक ८, २०७५ /Thursday, October 25th, 2018, 6:51 am