प्रचण्डको त्यो भाषण जसले पुरै देशलाई जुरुक्कै बनायो (भिडियो )

जनकपुर, कात्तिक ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष प्रचण्डले प्रदेश दुई सरकारले प्रहरी ऐन ल्याएर दुर्घटनालाई निम्ता गरेको बताएका छन् ।
जनकपुरमा मंगलबार प्रदेश पार्टी कार्यालय उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रचण्डले संघीय सरकारलाई ओभरटेक गरेर प्रदेश सरकारले प्रहरी ऐन ल्याएर दुर्घटनालाई निम्ता दिएको चेतावनी दिए ।
प्रदेश २ को सरकारले संघीय ऐन आउनुअघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताउँदै उनले भने- ‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।’

संविधानमा पहिले संघीय सरकारले प्रहरी ऐन ल्याउने भए पनि प्रदेश सरकारले पहिले प्रदेश प्रहरी ऐन ल्याएपछि मुलुकमा दुर्घटना हुन सक्ने खतरा बढेको प्रचण्डले बताए ।
संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको स्वीकार गर्दै प्रचण्डले भने- ‘ढिलो भयो भन्दैमा उछिनापाछिन गरी ओभरटेक गर्न मिल्दैन, ओभरटेक गरे दुर्घटना हुन्छ।’
अलग मधेस बनाउन खोजिए मधेसीमाथि अपमान हुने भन्दै उनले काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा नहुने टिप्पणी गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउतले संविधान संशोधन,प्रदेश प्रहरी ऐन तथा कर्मचारी व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको भन्दै आक्रेश पोखेका विषयको प्रचण्डले जवाफ दिएका हुन् ।
भिडियो

प्रकाशित मिति: मङ्लबार, कार्तिक ६, २०७५ /Tuesday, October 23rd, 2018, 8:09 pm