मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौँ, कात्तिक १ । काठमाडौँको ठूलो भ¥याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा२९प ३७०७ नंंको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का वीरबहादुर तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तामाङको मनमोहन मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

प्रकाशित मिति: बिहिबार, कार्तिक १, २०७५ /Thursday, October 18th, 2018, 9:03 pm