जहाज उडाउनपनी मन्त्रीकै निर्देशन कुर्नुपर्ने !

फाइल तस्बिर

धनगढी, कात्तिक १ ।

नेपाल एयरलाइन्सकाे उडान व्यवस्थापनमा चरम लापरबाही गर्दा दसैंका लागि घरजाने सयौ यात्रुले सास्ती पाएका छन ।

सरकारको व्यवस्थापनमा रहेको एयरलाईन्सकाे नियमित तालिका अन्तर्गत बिहीबार बिराटनगर, नेपालगन्ज र धनगढीका लागि तय भएका तीनवटै उडान प्राविधिक खराबीले हुन नसक्ने जानकारी पाएपछि यात्रुहरु विचल्लीमा परे ।

कतिपय यात्रुहरुले उडान रद्द भए टिकटवापतकाे पैसा दिन माग गरेर विमानस्थलकाे कार्यालय घेराउ समेत गरे । तर माथिकाे अादेश चाहिने भन्दै कर्मचारीहरुले फिर्ता गरेनन ।
उता नीजि कम्पनीहरुले नेपाल एयरलाईन्सकाे जहाज रद्द हुनसक्ने थाहा पाउने बित्तिकै भाडा दाेब्बर पारे । ११ नबज्दासम्म धनगढीका लागि बुद्ध र श्री एयरलाईन्समा ५५ सय भन्दा कमकाे टिकेट उपलब्ध थियाे । तर १० मिनेट नबित्दै भाडा बढेर १० हजार माथि पुर्याइयो ।

तर यो कुरा जब पर्यटन मन्त्रीकोमा पुग्यो त्यसपछि मन्त्रीले लगत्तै मातहतका निकायका पदाधिकारीलाई कुनै पनि अवस्थामा यात्रुहरुले सास्ती पाउन नहुने भन्दै जहाज सञ्चालनमा ल्याउन निर्देशन दिए ।
उता विमानस्थलका पदाधिकारीले भने प्राविधिक खराबी देखिएकाे र मर्मतमा लागेकाे जानकारी मन्त्रीलाई दिएका थिए ।

“यात्रुले दशैंकाे मुखमा दुख पाउनु भएन ।” मन्त्रीकाे भनाई उदृत गर्दै निगमका एक कर्मचारीले भने, “वैकल्पिक व्यवस्था गरेर भए पनि यात्रुलाई गन्तव्यमा पुर्‍याउनुस् ।”

मन्त्रीले पहल लिएकाे १० मिनेट नबित्दै २ घण्टादेखि खाली रहेकाे कार्यकक्षमा विमानस्थलकाे जिम्मेवारी बाेकेका निगमका कर्मचारी देखा परे ।

याे मन्त्रीकाे निर्देशनकाे प्रभाव थियाे । नेपालगन्ज र बिराटनगरकाे उडान रद्दकाे घाेषणा भने भइसकेकाे थियाे । बिराटनगरका यात्रुहरुलाई चेकइनपछि सबै सुरक्षा जाँच सकेर पनि फिर्ता पठाइएकाे अवस्थामा मन्त्रीकाे निर्देशनमा बाँकी रहेकाे धनगढीकाे उडान भन सुचारु गर्न कर्मचारी लागे ।

लामाे कसरतपछि धनगढीका यात्रुहरुकाे चेकईन भएकाे थियाे । विमानमा के कस्ताे किसिमकाे प्राविधिक खराबी हाे भनेर निगमका कर्मचारीले जानकारी दिएनन ।
एभरेष्टदैनिकका सम्पादक गोकर्ण भट्टसङ्गको सहयोगमा

प्रकाशित मिति: बिहिबार, कार्तिक १, २०७५ /Thursday, October 18th, 2018, 3:52 pm