२० वटा लघुवित्तले गरे लाभांश घोषणा (सूचिसहित)

काठमाडौं, कार्तिक १ । गत आर्थिक वर्षको नाफाबाट २० लघुवित्त संस्थाले लाभांष वितरण गर्न घोषणा गरेका छन् । २० वटा लघुवित्तमध्ये ४ वटाले नगद लाभांश र १६ वटाले बोनस शेयर दिने गरि आफ्नो सञ्चालक समितिमा प्रस्ताव पेश गरेका छन् ।

नगद लाभांश प्रस्ताव गर्नेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत नगद र त्यसका लाग्ने करको समेत लाभांश प्रस्ताव गरेको छ भने लक्ष्म्ी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिका असोज २१ बसेको बैठकले २६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । वोमी, किसान, सुर्योदय, नेशनल, स्वावलम्बन, नेरुडे लघुवित्तको यस वर्ष लाभांश बढाएका छन् । सुर्योदय लघुवित्तले आफ्नो नाफामा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष २० प्रतिशत लाभांश बाँडेको सुर्योदयले यसपटक ४२ दशमलव ७५ प्रतिशत बोनस र २ दशमलव २५ प्रतिशत नगद गरी ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तैगरि, निर्धन उत्थान लघुवित्तले शेयरधनीहरुलाई दिने लाभांश घटाएको छ । गत अघिल्लो आर्थिक वर्षमा ८० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र २२ दशमलव ११ प्रतिशत नगद गरी ४२ दशमलव ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

वोमीले गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांष दिने प्रस्ताव गरेको छ भने किसान लघुवित्तले ३० प्रतिशत बोनस र १.५३ प्रतिशत नगद लाभांष दिने प्रस्ताव गरेको छ ।

त्यस्तैगरि, नेशनल फाइक्रोफाइन्सले २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांष दिन प्रस्ताव गरेको छ । स्वबलम्बनले २५ प्रतिशत बोनस शेयर र ११.८४ प्रतिशत नगद लाभांष दिन प्रस्ताव गरेका छन् । नेरुडे लघुवित्तले १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांषको घोषणा गरेका छन् ।

फ्रष्ट माइक्रोफाइनान्सले १२.६३१६ प्रतिशत नगद, मेरो माइक्रोफाइन्स १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांष, ग्लोबल आइएमइ लघुवित्त १५ प्रतिशत बोनस र ०.७८७५ प्रतिशत नगद, मिरमिरे लघुवित्त २४ प्रतिशत बोनस र १.२६ प्रतिशत नगद, स्वरोजगार लघुवित्त २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांष दिने घोषणा गरेका छन् ।

त्यस्तैगरि, समता माइक्रोफाइनान्स १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद, आरएसडिसी लघुवित्तल १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश, आरएमडिसि लघुवित्तले १० प्रतिशत बोनस शेयर १० प्रतिशत नगद लाभांश, छिमेक लघुवित्त १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद, समिट माइक्रोफाइनान्स २३.५३ प्रतिशत बोनस र १.२४ प्रतिशत नगद र आरएसडिसी ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

स्वदेशी लघुवित्तले यस अगाडि दिने भनेको १० प्रतिशत लाभांश खारेज गर्दै यस वर्ष कुनै पनि लाभांश नदिने घोषणा गरेको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १, २०७५ /Thursday, October 18th, 2018, 8:23 am