के तपाईलाई थाहा छ किन निदाउँछ हातखुट्टा ? कारण जान्नुहोस् !

हातखुट्टा निदाएको हामी सबैले सुनेको र भोगेको पनि छौ । आखिर किन यस्तो हुन्छ ? यो प्रायजसो सबै मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । हातखुट्टा निदाउदा उभिन र हिड्न पनि सकिदैंन । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । हामी सोच्छौं हातखुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने गर्दछ । तर हातखुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ भने नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने-लैजाने काम समेत गर्दछ ।

नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पुर्याउँने काम गर्छ । यी फाइबरको मोटाई कम या बढी दुवै हुन पनि सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ ।

यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरको अन्य भागमा पनि हुन्छ । बेला–बेलामा हातखुट्टामा यस्तो अनुभव गर्छन् । लामो समयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउने गर्दछ । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ । यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयका लागि भने अनौठो महसुस हुन्छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १, २०७५ /Thursday, October 18th, 2018, 7:46 am