विजया दशमीको दिन सेनाको निःशुल्क बस (रुटसहित)

काठमाडौं, कार्तिक १ । नेपाली सेनाले विजया दशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशमीको दिन उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा सर्वसाधारण व्यक्तिहरुको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ८ वटा रुटहरुमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याउन लागिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यस दिन बिहान ७ बजे, ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको प्रत्येक रुटमा १–१ वटा बस निःशुल्क सञ्चालन हुने छन् ।

यस्तो निःशुल्क बस सञ्चालन तालिका
पहिलो रुट

भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क,

दोस्रो रुट
भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर,

तेस्रो रुट
भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली,

चौथौ रुट
भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली,

पाँचौ रुट
भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहिदगेट,

छैठौं रुट
भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली,

सातौं रुट
भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली,

आठौंं रुट
भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली सम्म निःशुल्क गाडीको व्यवस्था हुनेछ ।

त्यसैगरी, दशैं २०७५ को उपलक्ष्यमा घर बिदामा जाने सैनिक तथा उनीहरुको परिवारको हितको लागि नेपाली सेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ–त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराजमा बस सेवा सञ्चालनमा ल्याएको छ ।

यी रुटमा सञ्चालन हुने बसमा यात्रा गर्दा शुल्क पनि लाग्नेछैन । उक्त बस प्रत्येक दिन ६ः३० बजे छुट्ने र एक जना सैनिकले आफ्नो परिवारका ५ जनासम्मले यस्तो बस सुविधा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १, २०७५ /Thursday, October 18th, 2018, 7:33 am