७३ हजार शिक्षक तत्काल आवश्यक

काठमाडौं, असोज २८ । देशभरका सामुायिक विद्यालयमा ७३ हजार ९ सय ३८ शिक्षक अभाव देखिएको छ। प्राथमक तहका शिक्षक बढी छन् भने निम्नमाध्यमिक र माध्यमिक तहमा भने अपुग रहेको खबर कान्तिपुर दैनिकमा छ।

प्राथमिक तह ९आधारभूत १ देखि ५० मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी छ। निम्न माध्यमकि तह ९आधारभूत ६ देखि ८० मा २५ हजार ४ सय २५ र माध्यमिक तह ९९ र १०० मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी कम छ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ।

पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनका आधारमा सरकारले देशभरका सामुदायिक विद्यायका शिक्षको दरबन्दी मिलाउने प्रक्रिया सुरु भएको छ। कुनै विद्यालयमा आवश्यकताभन्दा बढी र ३ हजार विद्यालयमा शिक्षक दरबन्दी शुन्य छ।

प्रकाशित मिति: आइतवार, अशोज २८, २०७५ /Sunday, October 14th, 2018, 6:41 am