प्रदेश ३ ले गर्यो आफूखुसी निर्णय

काठमाडौं, असोज २८ । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक–एकवटा मात्र राख्ने निर्णय गरेको छ ।

उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ ।

केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा दुई–दुईवटा डिभिजन वन राख्ने गरी करिब तीन महिनाअघि पारित ओएन्डएम भत्काउँदै एक(एकवटा मात्र राख्ने र बढी कर्मचारी केन्द्रमै फिर्ता गरिदिने निर्णय गरेको थियो ।

प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उक्त निर्णय संघीय मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रकाशित मिति: आइतवार, अशोज २८, २०७५ /Sunday, October 14th, 2018, 6:30 am