रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवालीको निधन

काठमाडौं, असोज २८ । रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । उनको शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो ।

ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचार क्रममा निधन भएको हो नेपाल रिपब्लिक मिडियाले जनाएको छ। डाक्टरहरुका अनुसार उनलाई माइल्ड अट्याक भएको हो ।

निजी क्षेत्रबाट पत्रकारिता विकासमा महत्वपूर्ण भूमिका खेलेका ज्ञवाली कान्तिपुर प्रकाशनको सुरुआती चरणदेखि अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष थिए ।

ज्ञवालीको जन्म विसं १९९५ चैत रामनवमीका दिन गुल्मीमा भएको थियो। उनका श्रीमती र तीन छोरा छन्।

प्रकाशित मिति: आइतवार, अशोज २८, २०७५ /Sunday, October 14th, 2018, 6:21 am