शहर भित्रका रहर, रहर भित्रका बाध्यता

A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

शहर शव्द आफैंमा पूर्ण भएको जस्तो हामी जो कोहीलाई पनि झट्ट सुन्दा लाग्छ । शहर शव्दमा सबै स्थानमा समानता होला भन्ने लाग्छ । केहि कुरामामा पनि अभाव हुन्न जस्तो हामीलाई लाग्छ । सबै कुराहरुमा भरिपूर्ण स्रोत र साधने भरिएको हामीलाई लाग्ने गर्दछ । शहर शव्दको परिभाषा नै गर्ने भए त विशाल बन्न सक्छ, तर पनि हामी त्यसलाई सामान्य रुपमा स्पष्ट हुन जरुरी हुन्छ । शहर शव्द आफैंमा सुखी लाग्छ । त्यसैले प्रायस् जसो मानिसहरुको रोजाईमा पर्ने गर्दछ ।शहर आएर सुख सयल पूर्ण वातावरणमा बस्ने जो कोहीलाई लाग्नु स्वाभाविक नै हो । मानिसहरु प्रायः जसो सुखको अनुभूति हुने आशामा शहर पलाएन हुने आज भोलि धेरै नै लर्को लाग्ने गरेको हामीले देख्ने गरेका छौं ।
शहर कतिको रहर छ कतिको बाध्यताको बसाई रहेको पाइन्छ । शहर परिकल्पना हामी जो कोहीले पनि गर्दा एकदमै सबै कुराले पर्याप्त होला भन्ने लाग्छ । जुन कुरा यो सत्य हैन त्यो कल्पना मात्रै गर्न सकिने कुरा हो । शहरमा सबै कुराको अवसर पनि हुन्छ तर यँहा अवसर भन्दा पनि बढी चुनौतीहरुलाई सामना गरेर अगाडी बढ्नु पर्ने स्थान हो । हरेक कुराको यहाँ मोलतोल हुने गर्छ । यहाँ घर नजिक नजिक जोडीएर बनेका हुन्छन तर मन भने कोसौं टाढाको जस्तो कठोर बनाएर बस्छन शहरका मानिसहरु । दुःख परेको समयमा एक अर्काको कुरालाई बास्ता नै गर्दैन । यहाँ बढी नै मानवता हराउँदै गएको अनुभव हुन्छ ।आखिर मानवताको नाता किन यसरी टुट्दै गएको हो अचम्मित हुन मन लाग्छ, मानवता हराउनु भनेको सानो तिनो कुरा हैन् मानवता त सदाका लागि बढाउदै लगियो भने एकअर्काप्रति पारस्परिक सम्वन्ध सुन्दर हुन्छ ।
यसरी गाउँबाट आउने जो कोहीलाई शहरका अनुभवहरु अनौठो लाग्ने गर्दछ ।हरेक समस्याहरुलाई एकअर्काको जस्तो गरेर हामी एकताबद्ध रुपमा लागियो भने हामी जहाँ गएर पनि सुखी भएर बाँच्न सक्ने वातावरण मिल्ने गर्छ । शहर आउदाँ यहाँ धेरै नै किसिमका रहरहरु लाग्ने गर्दछन्, तर के गर्नु मानिसका आ(आफ्ना हैसियत अनुसारका बाध्यताहरु परि नै रहने गर्दछन् ।सबै जनाको विभिन्न कुराहरुमा फरक पन आउन सक्छ । यसरी जसले जे गर्यो त्यसै गर्नु खोज्नु त्यो एकदमै गलत प्रवृत्ति हो हामीहरु सकरात्मक सोचेर आफूले गर्न सक्ने काम गर्यौ भने हामीले विभिन्न अनावश्यक कुराहरुमा पीडा भोग्नु पर्दैन।आवश्यक रुपमा चल्न सक्नु र समाजलाई चलाउन सिकाउनु समाजका निम्ति राम्रो पक्षको रुपमा लिनु पर्छ । शहरमा विभिन्न किसिमका बाध्यताहरु हुने गर्छन तर पनि त्यस्ता परिस्थितिहरुलाई आत्मसाथ गर्दै हामी अगाडी बढ्न सक्नु र सिकाउनु नै जीवनको पहिलो पाठ सिक्नु हो ।

मानिस भएर जन्म लिए पछि अनेको किसिमका बाधाअर्चनाहरु त आई नै रहने गर्दछन तर तिनीहरुसँग हामी हार मान्नु हुन्न हामी सुख, दुःखलाई आफ्नो सारथी बनाई हातेमालो गरि अगाडि बढ्नु पर्छ ।शहरमा धेरै नै किसिमका मानिसहरुको संगत गर्नु पर्ने हन्छ तर यहाँ मानिसहरु विभिन्न स्वार्थका लागि धेरै नै नकरात्मक सम्बन्धहरु जोड्ने गरेको प्रशस्त उदाहरणहरु पाउन सक्छौं । त्यसैले विभिन्न घटनाहरु पनि भएको हामीले विभिन्न पत्रपत्रिकामा साथै रेडियो टेलिभिजनहरुमा सुन्ने हेर्ने र पढ्ने गरेको पाइन्छ । त्यसैले हामी जो कोही पनि हामीले त्यस्ता नकरात्मक कृयाकलाप गर्न र गराउने गिरोहहरुबाट सचेत हुन हामी वा जो कोही पनि बच्न जरुरी छ ।यहाँ शहरमा प्रायःमानिसहरु अवसरको खोजिमा भौतारी रहेको हामी पाउँछौं । हो यहाँ आफ्नो र पराईको भनि धेरै नै विभेद गरिने स्थान पनि हो ।

यहाँ एउटा सानो काम गर्छु भन्दा पनि कि त ठूलाबडा कै छोराछोरी हुनु पर्ने कि त नातेदारी र नेता कै नजिकको मान्छे हुनु पर्ने यहाँ कोही त्यस्ता वरिष्ठ मान्छे नहुने ने त काम गर्छु म यो देशमा नै केहि गर्छु भन्दा केहि पनि काम नपाउने बाध्यता रहेको ठाउँ हो शहर ।यहाँ अनेकौं किसिमका बाध्यताले जालोबुनेको ठाउँ हो शहर । मानिसलाई शव्द सुन्दा मात्रै शहर आहा भन्ने लाग्छ तर शहर भित्रको बाध्यता सुन्दा पनि कथा झैं लाग्छ तर यहाँ प्रत्क्षय रुपमा दैनिक जीवनयापन गर्ने जो कोहीलाई मात्रै वास्तविताको बाध्यता लाग्छ । हो यस्तै जालझेलमा परेको छ शहर, शहरमा मानिसहरु विभिन्न काम गर्ने वाध्यछन् तर पनि यो राज्यले अझै पनि जनताको पीरमर्का बुझ्न सकेको छैन ।शहरमा विभिन्न विलासिका कामहरु गरेर बसेका मानिसहरुलाई राज्यले केही गरिदिन्छ कि भन्ने ठूलो आशाको भारि बोकेर हिडेकाछन् ।यो आशाको पुकार सुनिदिनु पर्यो । समाज रुपान्तरण गर्ने सक्छु भन्ने जो कोहीलाई पनि अवसर दिन जरुरी छ ।
समानताले नै समाज परिवर्तन गर्न सक्छ ।शहरमा काम गर्नलाई ठूलाबडाकै आफन्त हुनु पर्ने दिन नआहोस ।असमानतालाई साज्यमा हुनेहरुले नियाल्न जरुरी छ । तेरोमेरो भनेर हैन हाम्रो भनेर काम गरियो भने मात्रै समाजलाई रुपान्तरण गर्न सक्छौं ।हरेक शहरमा बस्ने मानिसहरुको मर्मलाई बुझेर यो राज्यको तर्फबाट विभिन्न आवश्यक कुराहरु उपलव्ध गराउनका लागि पहल गरिन जरुरी छ ।

शहरमा विभिन्न कृयाकलाप गर्नकै लागि भौतारी रहेका ति मनहरुलाई, देश विकास गर्ने कार्यमा एकजुट बनाउन पहल गरिनु पर्ने आजको आवश्यकता हो । सकरात्मक र रचनात्मक काम गर्न सक्नु पर्ने छ ।अनि मात्रै शहरका विभिन्न कठिन परिस्थितिहरुलाई उजागर गर्न मद्दत पुग्ने विश्वास रहन्छ ।शहरलाई सभ्य र सरल बनाउन सबैले पहल गर्नु पर्ने छ ।अरुको देखासिकि भन्दा पनि आफ्नै मौलिकतामा रमाउन सक्नु नै हामी नेपालीको दायित्व हुन सक्छ ।
शहरलाई शहरको मूहर्त रुप दिन सक्नु पर्ने छ । यहाँ शहर एउटा बत्ति मूनिको अध्ययारो नबनोस । सरल र सहज वातावरणको अनुभूति गर्न सकिएओस् । शहर आउन र जीवन विताउन रहर बनोस् कसैलाई पनि बाध्यता नवनोस् ।

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 10:31 pm