‘जनता पछुताउन थाले’

दमौली, असोज २७ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गर्नुभएको छ ।

कांग्रेस व्यास नगरसमिति वडा नं १० ले शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।” नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । रासस

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 7:46 pm