आज बैङ्क तथा वित्तीय संस्था दिनभरि खुल्ने

काठमाडौं, असोज २७ । बैङ्क तथा वित्तीय संस्थाहरूलाई आगामी शनिवार पनि आफ्ना शाखा तथा काउण्टरका सबै कार्यालय सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनपछि आज बैंक तथा वित्तीय संस्थाहरु दिनभरी खुल्ने भएका छन् ।

अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाले शनिबार राजस्व बुझ्नको लागि अनिवार्य रुपमा बैङ्कका कार्यालय खोल्न अनुरोध गरेकाले राष्ट्र बैङ्कले यस्तो निर्देशन दिएको थियो ।

कार्यालय खोलेर राजस्व बुझ्ने व्यवस्था गर्नुका साथै राजस्व जम्मा गर्ने र दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्क तथा वित्तीय संस्थासँगै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड समेत खुला गर्न निर्देशन दिईएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 9:33 am