सुनको भाउ ६ वर्षयताकै महंगो

काठमाडौं, असोज २७ । सुनको भाउ ६ वर्षयताकै महंगो भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ । यो भाउ २०६९ भदौयता सबैभन्दा महंगो हो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 7:30 am