धादिङमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु, तीन घाइते

धादिङ, असोज २७ । धादिङको थाक्रे गाउँपालिका–१० मानेडाँडामा टिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ। थाक्रे गाउँपालिका १० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई शुक्रवार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा दुई जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिए। दुर्घटनामा तीन जना घाइते भएका छन्।

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 6:20 am