दुई कम्पनीको साधारण सभा शनिवार, कति दिने भयो लाभांश ?

काठमाडौंं, असोज २६ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र भार्गव विकास बैङ्क लिमिटेडले शनिवार वार्षिक साधारण सभा आयोजना गरेका छन् ।

फर्स्ट माइक्रोफाइनान्सले नवौं वार्षिक साधारण सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतलि, काठमाडौंमा आयोजना गरेको छ ।

कम्पनीले सो सभामा १२ दशमलव ६३१६ प्रतिशत नगद लाभांश, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण र सञ्चालकको निर्वाचन गर्ने लगायत प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले असोज १६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व भएका शेयरधनीहरु सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

भार्गव विकास बैङ्कले दशौं वार्षिक साधारण सभा शनिवार बिहान ११ बजे किचेन हट प्रा.लि., नेपालगञ्जमा आयोजना गरेको छ । कम्पनीले सो सभामा ५ दशमलव ५५५६ प्रतिशत बोनस शेयर, शून्य दशमलव २९२४ प्रतिशत नगद लाभांश र लेखा परीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण र मर्जर तथा एक्विजिशनका लगायत प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले असोज १८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व भएका शेयरधनीहरु सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् । आर्थिक अभियानबाट

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 5:52 am